नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा साढे पाँच अर्बको आवेदन

शुक्रबार, चैत्र ७, २०७६ साल,
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । कूल एक अर्ब ६० करोड रुपैयाँको आईपिओ आवेदन गरेकोमा शुक्रबार साँझ ५ः०० बजे बन्द हुँदा साढे पाँच अर्ब रुपैयाँ भन्दा बढिको आवेदन परेको हो ।

बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका सिईओ बद्रि प्याकुरेलका अनुसार शुक्रबारबाटै आईपिओ बन्द भएको छ । उक्त आईपिओमा साढे पाँच अर्बको आवेदन परेको छ ।  कम्पनीको आइपिओमा करिब चार लाख ५ हजार भन्दा बढीको आवेदन परेको छ।

कम्पनीले आइपीओ निष्कासन गरेको पहिलो दिनमा नै मेरो शेयर र सिडिएसको सर्भेयरमा समस्या आएको थियो ।कम्पनीले कुल पुँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो ।

जसमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिनेछ । त्यस्तै, ५ प्रतिशतले हुन आउने ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिनेछ भने बाँकि रहेको १ करोड ५१ लाख २६ हजार ५ सय कित्तमा मात्र सर्वसाधारणलाई वितरण गरिनेछ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411