अब जुनसुकै बैंकको एटीएमबाट पैसा झिके पनि शुल्क नलाग्ने

शुक्रबार, चैत्र ७, २०७६ साल,
काठमाडौं । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था निर्णय गरेको संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए ।

यस्तै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय पनि गरेको छ । शुक्रबार बिहान बसेको संघको बैठकले बैंकहरुमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ ।

संघको बैठकले बैंकिङ क्षेत्रलाई भाइरस जोखिम न्यूनीकरण गर्न पूर्वसावधानी अपनाउन आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत, डेपुटी सिईओ, ब्यवस्थापनका अन्य उच्च कर्मचारीहरु छुट्टाछुट्टै भवनमा बसेर काम गर्न पनि सुझाब दिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411