कनेक्ट आईपीएस ई–पेमेन्ट सेवा निःशुल्क

शुक्रबार, चैत्र ७, २०७६ साल,
काठमाडौं । बैंक वित्तीय संस्थाका शाखाहरूमा सेवाग्राहीको भीड कम गर्ने उद्देश्यका साथ नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरूमा लाग्ने कारोबार शुल्क चैत मसान्तसम्मका लागि मिनाहा गर्ने व्यवस्था गरेको छ ।

मोबाइल एप्स, वेब, सदस्य बैंकको इन्टर्नेट÷मोबाईल बैंकिङ च्यानल तथा अन्य सदस्यको च्यानल लगायतबाट कनेक्टआईपीएस ई–पेमेन्टमार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरूमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

बैंक वित्तिय संस्थाहरूमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तिय कारोबार पनि सहज ढंगले सन्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागु गरिएको जनाइएको छ । यसले सर्वसाधारणलाई अनलाइन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा गरिएको छ ।

कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट १० लाख र मोबाइल एप्सबाट १ लाख सम्मकोप्रति कारोबार रियल टाइममा गर्न सकिन्छ ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411