देशका सबै अदालत १५ दिनसम्मका लागि बन्द

शुक्रबार, चैत्र ७, २०७६ साल,
काठमाडौं । कोरोना भाइरसबाट बच्न मुलुभरका अदालत तथा न्यायाधीकरणबाट दिइने अत्यावश्यक बाहेकका सेवा २ साताका लागि बन्द हुने भएका छन्।

सर्वोच्चको फूलकोर्ट बैठकले बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्ने र पक्राउ अनुमति दिने जस्ता कामकारबाही बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दियो।

शुक्रबार सर्वोच्च अदालतमा बसेको फूलकोर्टले १५ दिनका लागि मुलुकभरका अदालतले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको सर्वोच्च स्रोतले बतायो।  

केहीदिन अघि नेपाल बार एशोसिएशनले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्न सर्वोच्चलाई सुझाव दिएको थियो। त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र राणाले आकस्मिक फूलकोर्ट बैठक डाकेका थिए।

आज मुद्दा समेत नहेरी न्यायाधीशहरू फूलकोर्ट बैठकमा उपस्थित भएका थिए।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411