१० वर्षे सशस्त्र जनयुद्धका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको नामको सूची सार्वजनिक

मंगलवार, चैत्र ४, २०७६ साल,
काठमाडौं । बेपत्ता छानबिन आयोगले १० वर्षे सशस्त्र जनयुद्धका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ । आयोगले द्वन्द्वकालीन अवस्थामा बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम सार्वजनिक गरेको हो ।

आयोगले जारी गरेको सूची अनुसार राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको छ । यीमध्ये बर्दियाबाट सबैभन्दा धेरै २ सय ५४ र रुकुमबाट भने ४५ जना मात्रै बेपत्ता खोजी गरिदिन निवेदन परेको आयोगले जनाएको । रोल्पाबाट भने बेपत्ता पारिएका ९७ जनाबारे उजुरी परेको छ ।

बर्दियापछि दाङबाट १ सय २८, कञ्चनपुरबाट ७७, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०/४० जना बेपत्ता भएको उजुरी परेको छ । काठमाडौंबाट ३२ र कालीकोटबाट २४ जना बेपत्ता भएको आयोगको सूचीमा परेका छन् ।

बेपत्ता भएको भन्दै आयोगमा उजुरी दिनेको नाम भने उसले गोप्य राखेको जनाएको छ । बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन आयोगको टोल फ्री नम्बर १६६०–०१–२२१११ मा सम्पर्क गरेर या सीधैं पुल्चोकस्थित कर्मचारी सञ्चयकोषको भवनमा रहेको कार्यालयमा गएर सूचना दिने व्यवस्था आयोगले मिलाएको जनाएको छ ।

आयोगले सार्वजनिक गरेको सूची

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411