पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, अब कति पर्छ ?

मंगलवार, चैत्र ४, २०७६ साल,
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोलिमको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको हो । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा पनि मुल्य समायोजन गरिएको जनाएको छ ।

समायोजित मुल्य अनुसार अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ ।

साथै ईण्डियन आयल कर्पोरेशनबाट हाल हवाई इन्धनको नयाँ खरिद मूल्य प्राप्त नभएपनि पर्यटन तथा हवाई क्षेत्रमा पर्न गरेको असरलाई न्युनिकरण गर्न १ मार्चमा प्राप्त हवाई इन्धन मूल्यको आधारमा देशभर आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसाले घटाएर ९० रुपैयाँ कायम गरिएको छ ।  

यस्तै एलपी ग्याँस र हवाई इन्धन ९बाह्य तर्फ० को हालको मूल्य भने यथावात रहेको निगमले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411