​सेयर बजार ४ अंकले बढ्यो, कारोबर रकममा पनि बृद्धि

सोमबार, आषाढ ७, २०७२ साल,
काठमाडौ । एक साताअघिदेखि लगातार झरिरहेको दोस्रो सेयर बजार आज भने साढे ४ अंकले बढेको छ। असार महिनाभरि सेयर बजार उकालो लाग्न सकेको थिएन। सोमवार सेयर बजारका सम्पूर्ण सूचक तथा उपसूचकहरु बढेर नेप्से बृद्धिसँगै सोमवार कूल नेप्से परिसूचक ९ सय २२ अंकमा पुगेको छ। कारोवार कम्पनीको संख्या र रकममा पनि केही सुधार आएको छ।
 
आज १ सय ३१ कम्पनीको ५ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ। १ हजार ४ सय ६४ पटक कारोवार हुँदा १८ करोड ९२ लाख रुपैयाँ बराबर रकमको कारोवार भएको छ। आज बीमा उपसमूहमा २२, होटल उपसमूहमा १० तथा हाइड्रो उपसमूहमा ९ अंकको बृद्धि रह्यो।
 
त्यस्तै बैंकिङ उपसमूहमा ४ अंकको बढोत्तरी रह्यो । नेपाल लाइफ इन्स्योरेन्स, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, चिलिमे हाइड्रो र लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड बढीको सेयर कारोवार भयो । 

एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले उच्च सेयर मूल्य कमाएका छन् भने प्यासिफिक डेभलपमेन्ट बैंकका लगानीकर्ताले उच्च सेयर मूल्य गुमाएका छन्। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411