अमेरिकी डीभी र गैरआप्रवासी भिसा बन्द

सोमबार, चैत्र ३, २०७६ साल,
काठमाडौं । कोरोना भाइरसले अमेरिकालाई निकै प्रभावित बनाएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसा दिन बन्द गर्ने निर्णय गरेको छ । दूतावासले मंगलबारबाट लागू हुनेगरी भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको हो ।

यद्यपि दूतावासले कुनै आपतकालीन अवस्था छ भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

साथै, दूतावासले यसअघि बुझाएको एमआरभी शुल्क पछि मान्य हुने जानकारी दिँदै यसको प्रयोग एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुने बताएको छ । अमेरिकी दूतावासले अहिले रद्द भएको डीभी र गैरआप्रवासी भीसा रद्द गर्ने निर्णय छिटो सुरु गरिने जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411