तीनपाने रक्सीबाट स्यानिटाइजर बनाउन सिकाउदै नाष्ट

शुक्रबार, फागुन ३०, २०७६ साल,
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का वैज्ञानिकले आफ्नो कार्यकक्षमा स्वास्थ्यवर्द्धक तालिम सञ्चालन गर्ने भएका छन् ।

चीनबाट फैलिएको ‘कोभिड–१९’ को संक्रमण नेपालमा फैलिन नदिने उद्देश्यका साथ हात धुने स्यानिटाइजर बनाउन लागिएको हो ।

नाष्टले माहानगरको २९ वडाका एक–एकजना मानिसलाई एक वा दुई दिनको उक्त तालिम दिने भएको छ । नाष्टबाट तालिम लिएकाले आ–आफ्ना वडामा गई अन्यलाई स्यानिटाइजर निर्माण गर्न सिकाउने छन् ।

यदि मुलुकमा कोरोना भित्रियो भने त्यसको असर मानिसमा पर्न नदिन पूर्व सावधानी अपनाउन लागिएको र बजारमा अभाव भइरहेको स्यानिटाइजर छिट्टै सहज बनाउन नाष्ट र लपु महानगरपालिकाबीच यस सम्बन्धी सहकार्य पनि भइसकेको छ ।

तालिममा स्थानीय वस्तुको प्रयोग गरी स्यानिटाइजर निर्माण गर्न सिकाइने नाष्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा। सुरेशकुमार ढुंगेलले बताए ।

उनले भने, हामीले विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुरुप उक्त स्यानिटाइजर निर्माण गर्न सिकाउने छौँ । बजारमा पाइने स्यानिटाइजरले जीवाण (ब्याकटेरिया) कम गर्छ भने हामीले निर्माण गर्ने स्यानिटाइजरले सजिलै सुक्ष्मजीवाण' (भाइरस) कम गर्नेछ ।'

नाष्टबाट उत्पादित स्यानिटाइजर बजारमा पाइनेभन्दा फरक हुने ढुङ्गेलले बताए ।

मानिसमा दिनानुदिन बढ्दै गएको कोरोनाको त्रास हटाउन स्थानीय सामग्रीबाट स्यानिटाइजर निर्माण गर्न सकिन्छ भन्ने चेतना फैलाउन र जानकारी प्रवाह गर्न आवश्यक रहेको नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा सजनलाल स्याउलाको भनाइ छ ।

उनले भने, अब हामी छिट्टै तालिम सञ्चालन गर्छौं । तालिममा स्थानीय रक्सी (तीनपाने रक्सी)लगायत अन्य रसायन (केमिकल) प्रयोग गरेर निर्माण गर्ने विधि सिकाइने छ । हामीले निर्माण गरेको स्यानिटाइजर प्रयोग गरेको छदेखि आठ सेकेण्डमा यसले काम गर्छ ।

ललितपुरमै स्यानिटाइजरको उत्पादन शुरू भएसँगै बजारमा यसको अभाव महसूस गर्नुनपर्ने स्याउलाको मत छ ।रासस

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411