प्राइम कमर्सियल बैंकमा कैलाश विकास बैंक औपचारिक रूपमा विलय, अर्को पनि मर्ज गर्ने

बिहीवार, फागुन २९, २०७६ साल,
काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैकलाई प्राप्ति गरी एकीकृत कारोेबार सुरु गरेको छ । गत असारमा प्रामइ कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।

बिहीबार बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले एकीकृत कारोबारको उद्घाटन गरे । उनले संयुक्त कारोबारको उद्घाटन गर्दै प्राइम कमर्सियल बैंकलाई एक नम्बरको बैंक बनाउने उद्घोष गरे । त्यसका लागि अझै पनि विभिन्न वित्तीय संस्थालाई मर्जर र प्राप्ति गर्ने रणनीति बैंकको रहेको उनले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानान्धरले ११ औं वार्षिक साधारणसभाले नै अधिकृत पुँजी २२ अर्ब पु¥याउने निर्णय गरिसकेकाले आगामी दिनमा पनि मर्जर र प्राप्तिलाई निरन्तरता दिने बताए ।

कैलाशलाई प्राप्ति पश्चात् बैंकको चुक्ता पुँजी करिब १४ अर्ब, पुँजिकोष १९ अर्ब र पोट्फोलियो १३० अर्ब पुगेको बताए । उनले भने, “हामी १ र १ मिलाएर दुई मात्रै होइन जादुमयी उपलब्धीसहित ३ प्राप्ति गर्न चाहान्छौं ।”

कैलाशलाई प्राप्ति गरेपछि बैंकको पहुँच देशव्यापी पुगेकाले राष्ट्र बैंकले तोकेको उत्पादन र कृषि क्षेत्रमा लगानी विस्तार थप सहज हुने उनले बताए । कर्मचारीलाई बैकिङ क्षेत्रको औषत माथि सेवा सुविधा प्रदान गर्दा पनि बैंकको सञ्चालन खर्च न्यून र प्रतिफल उच्च दिन सक्नु बैंकको सबल पक्ष रहेको उनको भनाइ छ ।

यस्तै संयुक्त मर्जर समितिका संयोजक गजेन्द्र विष्टले नेपाल राष्ट्र बैंकले न्यूनतम चुक्ता पुँजी ४ गुणा वृद्धिसँगै वित्तीय क्षेत्रमा देखिएको प्रवित्ति भनेको एग्रेसिभ ग्रोथ बोर्ड र व्यवस्थापन बीचकोे झगडा लगायत रहेको तर प्राइम कमर्सियल बैंकले भने फरक तरिकाले अगाडि बढ्ने रणजीति भएको र त्यो सफल भएको बताए ।

उनले भने, “पुँजी वृद्धिसँगै प्रतिफल पनि बढाउनुपर्ने चुनौतीका कारण केही बैंकहरू एग्रेसिभ रूपमा अगाडि गए तर अहिले हामीलाई पर्खेर बसेका छन् तर हामीले एग्रेसिभ रणनीतिभन्दा पनि मर्जर र प्राप्तिको रणनीति लियौं, जुन हाम्रा लागि सबल पक्ष बन्न पुग्यो ।”

एग्रेसिभ मुभ लिँदाको जल्दोबल्दो उदाहरण भारतको ऐस बैंक रहेको भन्दै प्राइमले कैलाशलाई प्राप्ति गरेर एग्रेसिभ मुभबिना नै शाखा र पोर्टफोलियो हाँसिल गरेको बताए । कैलाशलाई गभेपछि प्राइम कमर्सियल बैंक १३० अर्ब निक्षेप, ११५ अर्ब कर्जा र २०० माथि शाखाहित नेपालको ठूला बैंकमा ५÷६ नम्बरमा पर्ने उनले बताए ।

कैलाश विकास बैंकका अध्यक्ष नारायणप्रसाद पौडेल ठूलो बैंक भएपछि इनर्जी पनि बढ्ने त्यसको फाइदा ग्राहक र लगानीकर्तालाई हुने बताए । उनले २५ वर्ष लामो इतिहास बोकेको मोफसलको उत्कृष्ट कैलाश विकास बैंक प्राइममा विलय हुँदै गर्दा खुसी पनि र दुःखी पनि भएको बताए । कैलाश विकास बैंकलाई विकास बैकहरूमा स्ट्यान्र्डड चाटर्ड बैकसँग दाज्ने गरेको समेत उनले बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411