कालापानीबाट भारतीय सेना हटाउने प्रस्ताव संसदमा

बिहीवार, फागुन २९, २०७६ साल,
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुँदैछ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने संसद सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ । बैठक बिहान ११ बजे बस्दैछ ।

भारतले दार्चुलाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी नयाँ नक्सा प्रकाशित गरेपछि बसेको सर्वदलीय बैठकले पनि नेपाली भू–भाग अतिक्रमण हुनबाट रोक्न सरकारलाई निर्देशन दिएको थियो ।

भारतले नेपाली भूमी भारतीय नक्सामा पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो । सरकारले समेत नयाँ नक्सामा भारतले नेपाली भूमि आफ्नो तर्फ पारेको भन्दै कुटनीतिक तवरबाट सीमा समस्या समाधान गर्ने बताउँदै आएको छ । तर त्यसबारे ठोस गृहकार्य अहिलेसम्म भएको छैन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411