लोकसेवा आयोगले माग्यो ७३० कर्मचारी, एसईई दिएकाले आवेदन गर्न पाउने, सूचना सहित

बुद्धबार, फागुन २८, २०७६ साल,
काठमाडौं । लोकसेवा आयोगले विभिन्न ७३० पदमा जागिर खुलाएको छ । आयोगले बुधबार सूचना प्रकाशित गरी राजपत्र अनंकिन द्वितीय श्रेणी पदका लागि जागिर खुलाएको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ती गर्ने गरी दरखास्त आह्वान गरिउको छ । योग्यता पुगेको उम्मेदवारले अनलाइनमार्फत् एसएलसी पास वा सो सरहले फारम भर्न सक्नेछन् ।

आयोगले चैत १८ गतेसम्म म्याद दिएको छ भने दोब्बर दस्तुरको म्याद चैत २५ गतेसम्म तोकेको छ । १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन् । साथै महिला तथा अपांगता भएका उम्मेदवारहरुको हकमा ४० वर्ष उमेर अधिकतम उमेर कायम गरिएको छ ।

हेर्नुहोस् सूचना

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411