नेप्सेमा छलाङ, ७२.७८ अंकले बढ्यो, कारोबार पनि २ अर्बमाथि

बुद्धबार, फागुन २८, २०७६ साल,
काठमाडौं । नेपाल स्टक एकसचेञ्ज (नेप्से) साताको चौथो दिन आज बुधवार छलाङ मारेको छ । साताको सुरु देखि नै निरन्तर ओरालो लागेको नेप्से चौँथो दिनमा आइपुग्दा ह्वात्तै वढेको हो ।

बुधवार नेप्से पाँच दशमलव ४७ प्रतिशतको वृद्धि भएको छ । नेप्से परिसूचक ७३ दशमलव ७८ अंकले बढेर १ हजार ४ सय २३ दशमलव ०९ बिन्दूमा पुगेको छ । कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । २ अर्ब २२ करोड १० लाख ८१ हजार ६९० बराबरको कारोबार भएको छ ।

आज कुल १८० कम्पनीको कारोबार भएकोमा घाटा खाने कम्पनीको संख्या २३ वटा मात्रै रहेको छ । घाटा धेरै खानेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता अगाडि छन् । यो कम्पनीको शेयर सबैभन्दा धेरै २३ करोड ६६ लाख रुपियाँको खरिद बिक्री भएको छ । साल्ट ट्रेडिङ लिमिटेडसहित चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

विशेषगरी बाणिज्य बैंक समूहको सेयरमा सुधार आउँदा नेप्सेमा उच्च वृद्धि भएको हो । नेप्सेमा सबैभन्दा ठूलो हिस्सा रहेको यो समूहको सुचक पाँच दशमलव ७८ प्रतिशतले बढेको छ ।

त्यस्तै निर्जीवन बीमा समूहको सुचक सात दशमलव ५८ प्रतिशतले बढेको छ । होटलहरुको व्यापारमा गिरावट आए पनि यो समूहको सुचक भने छ प्रतिशतभन्दा बढिले बढेको छ । सबै समूहका उत्साहजनक सुधार आउँदा म्युचुअल फण्ड समूहमा भने गिरावट देखिएको छ ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411