बाँस्कोटाको घरमा आतंककारी समूहबाट बम प्रहार: प्रचण्ड

बुद्धबार, फागुन २८, २०७६ साल,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरी क्षति पुर्‍याएको बताएका छन्।

बुधबार प्रेस विज्ञप्ति निकालेर प्रचण्डले पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री बाँस्कोटाको भक्तपुर मध्यपुर नगरपालिका वडा नम्बर १ लोकन्थलीस्थित निजी निवासमा आतंककारी समूहले बम विस्फोट गरेको उल्लेख गरेका हुन्।

‘बाँस्कोटाको निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्‍याएको छ। म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्दछु,’ प्रचण्डले भनेका छन्, ‘घटनामा संलग्न अपराधीहरूलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411