दैनिक २० हजार माक्स उत्पादन गर्ने, प्रतिपिसको मूल्य ७ रुपैयाँ मात्र

आईतवार, फागुन २५, २०७६ साल,
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सर्जिकल माक्स उत्पादन गर्न शुरु गरेको छ । बजारमा माक्सको अभाव भएपछि चेम्बरले माक्स उत्पादन शुरु गरेको हो ।

चेम्बरले दैनिक २० हजार माक्स उत्पादन गर्ने जनाएको छ । बजारमा उपभोक्ताको मागलाई मध्येनजर गर्दै सुपथ मूल्य ७ रुपैयाँमा माक्स बिक्री र अफ कमर्सले आफै माक्स उत्पादन गर्ने निर्णय गरेर बिक्रि गर्ने जनाएको हो । हाल विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै माक्सको माग पनि बढेको छ ।

नेपालमा पनि माक्सको कृतिम अभाव दैनिक बढ्दो छ । यसलाई मध्येनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले माक्सको उत्पादन थाल्ने निर्णय गरेको हो ।

चेम्बरले व्यवसायी दिपक मलहोत्राको संयोजकत्वमा कोरोनाका कारण बजारमा उत्पन्न हुने समस्यामा सहयोग गर्न कमिटि नै गठन गरिसकेको छ । उनीहरुले बजारमा माक्सको अभाव नहुने हिसावले माक्सको उत्पादन गर्ने बताइएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजारमा भएको माक्स अभावलाई मध्येनजर गर्दै संस्थाका सदस्यहरु मिलेर सर्जिकल माक्स उत्पादन गरेर विक्रि गर्न थालेको बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411