बढ्यो डलरको भाउ, अन्य देशका मुद्राको विनिमयदर कति पुग्यो ?

आईतवार, फागुन २५, २०७६ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३२ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३६ पैसा रहेको छ।   यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको छ ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411