पहिलो पटक हङकङमा मानिसबाट कुकुरमा स¥यो कोरोनाभाइरस

शुक्रबार, फागुन २३, २०७६ साल,
एजेन्सी । हङकङमा कोरोनाभाइरसका एक रोगीको घरपालुवा कुकुरलाई भाइरस लागेको पुष्टि भएको छ । पहिलोपटक मानवबाट जनावरमा रोग सरेको अधिकारीहरूले बताएका छन् ।

६० वर्षीया महिलाको कुकुरलाई विगत शुक्रवारदेखि कोरोना लागेको पाइएको हो । कुकुर पशु केन्द्रमा क्वारेन्टाइनमा राखिएको थियो ।

शहरको कृषि, माछापालन र संरक्षण विभागले कुकुरमाथि लगातार गरिएको परीक्षणमा निम्न किसिमको संक्रमण लागेको जनाएको छ ।

विभागले विश्वविद्यालयका विज्ञ र पशु स्वास्थ्य सम्बन्धी विश्व संगठनले एकमतमा यो मानवबाट पशुमा संक्रमण सरेको केस भएकोमा सहमति जनाएको बतायो ।

हङकङ सरकारले शुक्रवारदेखि नयाँ उपाय अपनाउँदै कोरोनाभाइरसबाट संक्रमित सबै घरपालुवा जनावरलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने आदेश दिएको छ । दुईवटा कुकुरलाई आइसोलेसनमा राखिएको छ ।

क्वारेन्टाइनमा राखिएको अर्को कुकुरलाई पहिले परीक्षण गर्दा नेगेटिभ रिजल्ट आएको थियो तर छोड्नुअघि उसलाई पुनः परीक्षण गरिनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411