सुनको भाउमा नयाँ रेकर्ड एकैदिन तोलाको २२ सय रुपैयाँ बढ्यो

बुद्धबार, फागुन २१, २०७६ साल,
काठमाण्डौ । सुनको भाउले आज बुधबार नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्म कै महंगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

गएको आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411