अब करचुक्ता नभए पनि २ करोडसम्म कर्जा पाईन

मंगलवार, फागुन २०, २०७६ साल,
काठमाडौं । राष्ट्र बैंकले ५० लाख देखि २ करोडसम्म कर्जा लिनको लागि कर दाखिला कागजात पुग्ने व्यवस्था गरेको छ । बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दैै पहिलो पटक आवास खरिद तथा कृषि, पर्यटन एवम् साना तथा मझौला कर्जा पेशा÷व्यवसायका लागि कर दाखिला कागजातका आधारमा कर्जा दिने तथा नवीकरण गर्न सक्ने व्यवस्था गरेको हो ।

त्यसरी नै नियमानुसार दर्ता भएका घर जग्गा व्यवसाय कम्पनीहरूको सञ्चालन गर्ने नेपाल सरकारको  सम्बन्धित निकायबाट अनुमति प्राप्त आयोजनका लागि प्रदान गरिने कर्जाको ऋण मूल्य अनुपात ९एलटीभी रेसियो० महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा अधिकतम ५० र र सो वाहेकका क्षेत्रमा ६० प्रतिशत कायम गरिने मौद्रिक नीतिको समीक्षामा उल्लेख गरिएको छ । राष्ट्र बैंकको यो नीतिले मोफलका घरजग्गा व्यवसाय गर्ने कम्पनीलाई बढी फाइदा हुने देखिएको छ ।

कर कार्यालय र बैंकमा बुझाइने विवरण एउटै हुनु पर्ने व्यवस्थाका कारण साना तथा मझौला ब्यवसायी समस्या परेका थिए । यो व्यवस्थाले यस्ता कर्जा लिएर यस्तो व्यवसाय गर्न चाहने उद्यमीलाई सहज भएको छ । त्यसरी नै प्राथमिक प्राप्त क्षेत्रमा हुने कर्जा प्रवाहलाई थप प्रोत्साहन गर्न सुक्ष्म निगरानी ९वाच लिष्ट० सम्बन्धी व्यवस्थामा पुनरावलोक गरिनेछ ।

कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिने भएको छ ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411