बनेपामा सिद्धार्थ गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

शुक्रबार, फागुन २, २०७६ साल,
काठमाडौं । सिद्धार्थ बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसै अन्तर्गत काभ्रेको बनेपामा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्गकर्जासम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यवस्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, करआदिका महत्त्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको बैंकले जनाएको छ । कार्यक्रममा ४५ भन्दा बढी साना तथा मझौला व्यापारी सहभागी भएका थिए ।

देशभरि सबै क्षेत्र र वर्गको साना तथा मझौला व्यापारीलाई प्रोत्साहन, सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि बैंकले यस किसिमका वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411