एनसेलको भ्यालेन्टाइन अफर, १८ पैसा मिनेटमा कल गर्न सकिने

शुक्रबार, माघ २४, २०७६ साल,
काठमाडौं। एनसेलले प्रणय दिवसका अवसरमा स्पेशल अफर ल्याएको छ। कम्पनीले प्रिपेड ग्राहकका लागि भ्यालेन्टाइन अफर ल्याएको हो।

कम्पनीले 'अझै नजिकिन्छ सम्वन्ध' योजना अन्तर्गत करसहित सय रुपैयाँमा ७ सय मिनेट टक टाइमको साप्ताहिक भ्वाइस प्याक पाउने जनाएको छ। कम्पनीका अनुसार यो योजना शुक्रबारदेखि तीन महिनासम्मका लागि लागु हुनेछ।

यो अफर अनुसार ग्राहकले करसहित १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार यो अफर लिन एस्ट्रिक १७११८ एस्ट्रिक २ एस्ट्रिक ३ ह्यास डायल गर्नुपर्नेछ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411