८ अर्बको आईपीओका लागि इन्फ्रास्ट्रचर बैंकले तोक्यो विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

बिहीवार, माघ २, २०७६ साल,
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर(आईपीओ निष्काशन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ

कम्पनीले रू ८ अर्ब बराबरको रू १०० अंकित दरको ८ करोड कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न विक्री प्रवन्धक नियुक्त गरेको हो ।

शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव –महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव –प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।

नेपाल इन्फ्रास्ट्रचर बैंक लिमिटेड नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । उक्त बैंकले निष्काशन ग र्न लागेको आईपीओ हालसम्मकै नेपालको ठूलो सार्वजनिक निष्काशन हुनेछ ।

उक्त कम्पनीको अधिकृतपूँजी रू ४० अर्ब, जारीपूँजी रू २० अर्ब र चुक्तापूँजी रू १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पछि बैंकको चुक्तापूँजी रू २० अर्ब हुनेछ ।

विसं २०७५मा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको उक्त कम्पनीले गत वर्षको माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृती प्राप्त गरीे गत वर्षकै फागुन २२ गतेदेखि बैंकिङ्ग कारोबार शुरुवात गरेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411