नेपाल प्रहरीमा १८०५ जनाका लागि नयाँ भर्ना आह्वान, यसरी गर्नुहोस् आवेदन

बिहीवार, माघ २, २०७६ साल,
काठमाडौं । नेपाल प्रहरीमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरिएको छ । रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न एक हजार ८०५ जनाका लागि दरखास्त आह्वान गरिएको हो ।

नयाँ भर्नामध्ये प्रहरी निरीक्षकमा १४९ जना र प्रहरी सहायक निरीक्षकमा ५८४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

यस्तै, प्राविधिक समूहअन्तर्गत् विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरीजवानमा एक हजार ७२ जनाका लागि दरखास्त आह्वान गरिएको हो ।

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी र सातैओटा प्रदेश प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने प्रहरीले जनाएको छ ।

प्राविधिक प्रहरीजवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, सातओटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर हाल राजविराज सप्तरी, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत हाल नेपालगन्ज र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक व्यक्तिहरुले यही माघ ५ गतेदेखि आउँदो फागुन ११ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।

उक्त भर्नासम्बन्धी विस्तृत विवरणसहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411