लोकसेवा आयोगले माग्यो ५४८ नायव सुब्बा

बुद्धबार, पौष २३, २०७६ साल,
काठमाडौं । लोकसेवा आयोगले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरी ५४८ नायव सुब्बाका लागि आवेदन खुला गरेको छ। १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन्। महिलाको हकमा उच्चतम् उमेर ४० वर्ष हुनेछ। सेवाभित्रका लागि उमेर हद लाग्ने छैन।

न्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरह शैक्षिक योग्यता भएका व्यक्तिले आवेदन दिन सक्नेछन्। दरखास्त बुझाउने अन्तिम म्याद माघ १४ गतेसम्म कायम छ।  दोब्वर दस्तुरमा  माघ २१ गतेसम्म आवेदन बुझाउन सकिनेछ।

लोकसेवा आयोगले सार्वजनिक गरेको सूचना अनुसार धनकुटा कार्यालयमा खुल्ला ४१, महिला १२, आदिवासी जनजाति ९, मधेशी ७, दलित ३, अपाङ्गता भएका १ र पिछडिएका क्षेत्रका लागि १ कोटा निर्धारण गरिएको छ। यस्तै जलेश्वर कार्यालयमा खुल्ला ४८, महिला १३, आदिवासी जनजाति १०, मधेशी १०, दलित ६, अपाङ्गता भएका १ र पिछडिएका क्षेत्रका लागि १ कोटा तोकिएको छ।

काठमाडौं कार्यालयतर्फ खुल्ला ८१, महिला २१, आदिवासी जनजाति १९, मधेशी १६, दलित ६, अपाङ्गता भएका ५ र पिछडिएका क्षेत्रमा १ कोटा तोकिएको छ।

पोखरा कार्यालयमा खुल्ला ३५, महिला ८ आदिवासी जनजाति ८, मधेशी ५, दलित ३, अपाङ्गता भएका २ र पिछडिएका क्षेत्र २ कोटा निर्धारण गरिएको छ।

त्यसै गरि बुटवल कार्यालयमा खुल्ला ४८, महिला १३, आदिवासी जनजाति १०, मधेशी ८, दलित ४, अपाङ्गता भएका लागि ३ कोटा तोकिएको छ।

सुर्खेत कार्यालया खुल्ला २३, महिला ७, आदिवासी जनजाति ६, मधेशी ३, दलित १, अपाङ्गता भएका ३ कोटा तोकिएको छ।

दिपायल कार्यालय खुल्ला २५, महिला ५ आदिवासी जनजाति५, मधेशी ४, दलित २, अपाङगता भएका १ र पिछडिएका क्षेत्र २ कोटा तोकिएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411