अब काठमाडौं उपत्यकामा चल्ने सवारीमा क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने

बुद्धबार, पौष २३, २०७६ साल,
काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीमा क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने सहमाति भएको छ।

उपत्यकामा यातायात सेवा दिने ३२ वटा कम्पनी, मजदुर र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले उक्त सहमति जनाएका हुन्।

गत बिहीबार महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम ढकाल आफैं भाडाका सवारी साधनमा चढेर अनुगमन गरेका थिए।

त्यसलगत्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवसायीलाई छलफल गर्न बोलाएको थियो।सोही छलफलका क्रममा व्यवसायीहरूले यातायात व्यवस्थामा सुधार गर्ने प्रतिबद्धता जनाएका हुन्।

यससँगै उपत्यकाको यातायातलाई व्यवस्थित गराउन महाशाखाले १९ बुँदे प्रतिबद्धता निर्णय भएको छ। त्यस निर्णय ७ दिनभित्र कार्यान्वयन गर्ने समय तोकिएको छ।

उक्त १९ बुँदे प्रतिबद्धता कार्यान्वयन भएरनभएको अनुगमन गर्न यातायात व्यवसायीसहितको समिति गठन गरिएको छ।

महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर, कम्पनीरप्रालिका प्रतिनिधि गरी आठ सदस्यीय अनुगमन समिति गठन गरिएको हो।

यातायात व्यवसायीको १९ बुँदे प्रतिबद्धता

१.तोकिएको भाडादर मात्र लिने
२.ढोका खुला गरी नचलाउने
३.आरक्षण सिटको पालना गर्ने
४. भ्यालको अवस्था ठिक राख्ने
५.गाडीको रंङरोगन दुरुस्त राख्ने
६.क्षमताभन्दा बढी यात्रु नबोक्ने
७.चालक–सहचालकले यात्रुलाई राम्रो व्यवहार गर्ने
८.सवारी तीव्र गति तथा लापरबाहीका साथ नचलाउने
९.चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने
११. चालकले मोबाइल फोन प्रयोग नगर्ने
१२. नियमित सवारीसाधनको सरसफाई गर्ने
१३. अरूलाई बाधा पुग्ने गरी ठूलो आवाजमा म्युजिक नबजाउने
१४. सवारीसाधनमा स्टिकर तथा झल्लर नलगाउने
१५. सवारीसाधनको अवस्था ठीक राखी चलाउने
१६. सवारी चालकले जुत्ता लगाएर मात्र सवारी चलाउने
१७. प्रयोजन विपरित सवारी प्रयोग नगर्ने
१८. चालक/सहचालक भद्र तथा सोभनिय हुनपर्ने
१९‍‍. सिटको अवस्था ठिक राख्ने

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411