अर्थ मन्त्रालयका उपसचिवलाई चार करोड ६८ लाख भष्ट्राचार गरेको मुद्दा

शुक्रबार, पौष १८, २०७६ साल,
काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै आरोपपत्र दायर गरेको छ। आयोगले उपसचिव ढुङ्गाना सहित दुई जनालाई ४ करोड ६८ लाख रुपैयाँ विगो दाबी सहित आरोपपत्र दायर गरेको हो।

ढुङ्गानाले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७५ असार ३२ गते सम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ हजार रुपैयाँको तुलनामा निजले सोही अवधिमा गरेको खर्च तथा लगानी ५ करोढ ४८ लाख रुपैयाँ अस्वाभाविक देखिएको र निजले गरेको खर्च तथा लगानी मध्ये ४ करोड ६८ लाख रुपैयाँको स्रोत नखुलेको आयोगले जनाएको छ।

ढुङ्गानाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि हुन आएकोले बीगो सहित आरोपपत्र दायर गरेको आयोगले जनाएको छ।

पदको दुरुपयोग गरी भ्रष्टाचार जन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति ढुङ्गानाले आफ्नो श्रीमती मधु कोइरालाको नाममा समेत खरिद गरको राखेको आयोगले जनाएको छ। उनका श्रीमती मधु समेतलाई प्रतिवादी बनाई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411