वामदेवले मागे प्रधानमन्त्री, ओलीले गरे ठाडै अस्वीकार, गौतमले भने–राष्ट्रियसभामा जान्न

शुक्रबार, पौष १८, २०७६ साल,
काठमाडौं । प्रधानमन्त्री बन्न नपाउने भएपछि नेपाल कम्युनिष्ट पार्टी, नेकपाका नेता वामदेव गौतमले राष्ट्रियसभाको उम्मेदवार बन्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

नेकपाको शुक्रबार बिहान बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल गौतम र अर्का नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लैजान तयार भएपनि गौतमले भने प्रधानमन्त्री बनाउनुपर्ने शर्त राखेका थिए ।

संविधान संशोधन गरेर आफुलाई प्रधानमन्त्री बन्ने बाटो खोल्ने भए मात्र राष्ट्रिय सभामा जाने शर्त गौतमले राखेपछि प्रधानमन्त्री ओलीले शर्त ठाडै अस्वीकार गर्दै सम्भव नहुने बताएको बैठकमा सहभागि नेताले बताए ।

ओलीको अस्वीकारपछि गौतमले पनि सांसद मात्र बन्न राष्ट्रिय सभामा नजाने भन्दै आफुलाई उम्मेदवार नबनाउन भनेका थिए । त्यसपछि अरु नामहरुमा निर्णय गरिएको थियो ।

प्रवक्ता श्रेष्ठले भने पार्टीको निर्णय आफूले मान्ने भन्दै राष्ट्रिय सभामा भूमिका खेल्न तयार रहेको बताएका थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411