एमसीसी बारे बोल्यो चीन, नेपालले आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने

शुक्रबार, पौष १८, २०७६ साल,
काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन-एमसीसीबाट सहयोग लिने विषय नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने चीनले प्रष्ट पारेको छ ।

नेपालका लागि चिनिया राजदूत होउ यान्कीले आज आयोजित पत्रकार सम्मेलनमा नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने बताइन् । ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन,’ राजदूतले भनिन्, ‘कसैको दबावमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ ।’

पत्रकार सम्मेलनमा उनले हालै नेपालमा पक्राउ परेका चिनीया नागरिकहरुको विषयमा पनि स्पष्टिकरण दिएकी छिन् । उनले भनिन्, ‘पर्यटक भिसामा नेपाल आएर गैर पर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको हो । पक्राउ परेकाहरु अहिले हिरासतमै छन् ।’

राजदुत होउले त्रिदेशीय सहकार्यको विषयमा २ जोड १ को अवधारणाबारे पनि प्रष्ट पारिन् । उनले भनिन्, ‘२ जोड एक भनेको चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन । सबै देश समान हुन् । यो त्रिदेशीय सहकार्यको अवधारणा हो ।’ यसको उदाहरणका रुपमा उनले अफगानिस्तानको सुरक्षा बललाई चीन र भारतले संयुक्तरुपमा तालिम दिइरहेको बताइन् ।

पत्रकारले तपाईं आफ्नो पदावधि नसकिँदै फर्किनुहुने चर्चाबारे प्रश्न गर्दा उनले त्यसलाई इन्कार गरिन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411