चीनको डरले अमेरिकामा टिकटक प्रतिबन्ध

बिहीवार, पौष १७, २०७६ साल,
एजेन्सी । अमेरिकी सेनाले कार्यालय प्रयोजनका मोबाइल फोनमा टिकटक चलाउन प्रतिबन्ध लगाएको छ ।

चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्वमा रहेको टिकटक एपबाट साइबर खतरा रहेको भन्दै कार्यालय प्रयोजनको मोबाइलमा प्रतिबन्ध लगाइएको बीसीसीले जनाएको छ ।

टिकटक एपमा अमेरिका सहित विभिन्न मुलुकले कडा निगरानी गर्दै आएको छ । अमेरिकी सेनाहरुमा समेत टिकटक ब्यापक प्रयोग हुँदै आएको छ । कुनै गीत वा हँसाउने भिडियोमा १५ सेकेण्ड जति अभिनय गर्न सकिने यो एप विश्वभर बढी रुचाइएको छ ।

तर, यसले चीनका लागि गोप्य सूचना संकलन गर्न सक्ने चिन्ताका कारण प्रतिबन्ध लगाइएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकाको निर्वाचनमा समेत यसले प्रभाव पार्न सक्ने त्यहाँका सांसदहरुले चिन्ता गर्दै आएका छन् ।

टिकटकले भने अमेरिकी प्रयोगकर्ताहरुको डाटा चीन भन्दा बाहिर राखिएकाले चिन्ता लिन नपर्ने बताउँदै आएको छ । अमेरिकामा कार्यालय प्रयोजन बाहेकको मोबाइलमा भने टिकटक राख्न सकिनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411