स्मार्ट लाइसेन्स पनि नक्कली, नक्कली बनाउने ५ जना पक्राउ

बुद्धबार, पौष १६, २०७६ साल,
काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्रको बिगबिगी हटाउन यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स प्रयोगमा ल्यायो। तर, यही स्मार्ट लाइसेन्स पनि नक्कली बनाउने गिरोह सक्रिय रहेको पाइएको छ।

प्रहरीले नक्कली स्मार्टधारी एक सवारी चालकलाई सातदोबाटोबाट पक्राउ गरेपछि स्मार्ट लाइसेन्स बनाउने गिरोह सक्रिय रहेको खुलेको हो। अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका अनुसार नक्कली लाइसेन्स तयार पार्ने न्यूरोडको फोटो स्टुडियोमा प्रहरीले छापा मारेको छ।

छापा मार्दा पुरानो फोटो स्टुडियो कन्सर्नका सञ्चालकसहित पाँच जना पक्राउ परेका छन्। ‘एक जना स्मार्ट लाइसेन्सधारी व्यक्ति, फोटो स्टुडियोका सञ्चालक र उनका चार जना कर्मचारी पक्राउ गरिएको छ,’ महाशाखा प्रमुख एसएसपी सहकुल थापाले भने।

प्रहरीले पक्राउ परेकाहरूको नाम खुलाएको छैन। नक्कली स्मार्ट लाइसेन्सको अनुसन्धानका लागि तत्काल नाम खुलाउन नसकिएको प्रहरीले जनाएको छ।

पुरानो फोटो स्टुडियोबाट प्रहरीले केही प्रिन्टर तथा कागजातहरू बरामद समेत गरेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411