अमेरिकी दूतावासमा तोडफोड र आगजनी

मंगलवार, पौष १५, २०७६ साल,
एजेन्सी । इराकको राजधानी बगदादस्थित अमेरिकी राजदूतावासको कम्पाउन्डभित्रै इराकी प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका छन् ।

दूतावासको मुख्य गेट नै तोडफोड गरी उनीहरुले आगजनी गरेका हुन् । जहाँ टियर ग्यास र गोली प्रहारको आवाज समेत सुनिएको स्थानीय मिडियाले जनाएका छन् । मंगलबार दिउँसो सयौंको संख्यामा दूतावास गेटमा पुगेका प्रदर्शनकारीले दूतावासका सिसी क्यामेरा फुटाउनुका साथै चर्को नारावाजी गरेका थिए ।

प्रदर्शनको भिडियो समेत सार्वजनिक भएको छ । जहाँ तीनजना अमेरिकी सुरक्षाफौज दूतावासको छतमा देखिन्छन् । यससँगै दूतावासले अडिओ मार्फत भीडलाई दूतावासमा नछिर्न चेतावनी दिएको छ ।

साथै इराकका लागि अमेरिकी राजदूत र कर्मचारी कार्यालयबाट बाहिरिएका छन् । दिउँसो दूतावास अगाडि प्रदर्शन गरेका प्रदर्शनकारीले अहिले हिंसात्मक आन्दोलन सुरु गरेका हुन् ।

अमेरिकी सेनाले इराक र सिरियामा २५ जनाको ज्यान जाने गरी आक्रमण गरेको भोलिपल्टै यस्तो घटना भएको हो । प्रदर्शनकारीले अमेरिकाविरोधी चर्को नारावाजी गरेका छन् । गेटभित्र पानीका बोतल फाल्नुका साथै नारावाजी गरेका थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411