नयाँ बर्षको अवशरमा एनसेलको डेटामा ५० प्रतिशत छुट

मंगलवार, पौष १५, २०७६ साल,
काठमाडौं। एनसेलले सन् २०२० को उपलक्ष्यमा डेटा प्याकमा स्किम ल्याएको छ। एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गर्न सक्ने छन्।

एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको स्किम ल्याएको छ।

यो अफर बुधबारबाट सुरु भइ २४ घण्टाको लागि मान्य रहने छ। बुधबार बिहान १२.०० बजेदेखि मध्यरात ११.५९ सम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सकिने छ।

योजनाअन्तर्गत ग्राहकले कर सहित १,०२०.२४ पर्ने १६ जिबी प्याक कर सहितमात्र ५१०.१२ मा सुचारु गर्न सक्नेछन्। त्यस्तै यहि योजनाअन्तर्गत ग्राहकले कर सहित ४५३.३० पर्ने मासिक ६ जिबी (३ जिबीं३ जिबी फोरजी डेटा) डेटा प्याक कर सहितमात्र २२६.६५ मा सुचारु गर्न सक्नेछन्।

ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ५० ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411