भोलि सार्वजनिक बिदा

सोमबार, पौष १४, २०७६ साल,
काठमाडौं । गण्डकी प्रदेशमा भोलि (मंगलबार) सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले ‘तमु ल्होसार’को अवसरमा सार्वजनिक मंगलबार बिदा दिने निर्णय गरेको हो ।

गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार’को अवसरमा पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्र रामशरण बस्नेतले बताउनु भएको छ ।

गण्डकी प्रदेश अन्तरगतका मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, मनाङ, गोरखा र नवलपुरका सबै सरकारी कार्यालयमा मंगलबार बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले ‘तमु ल्होसार’मा गत वर्ष पनि सार्वजनिक बिदा दिएको थियो ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411