१०० जना सवार विमान दुईतले भवनमा ठोक्किएपछि.........

शुक्रबार, पौष ११, २०७६ साल,
काठमाडौं । मध्य एसियाली मुलुक काजखास्तानमा एक विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान बेक एअरको विमान चालकदलका सदस्य र यात्री गरी १०० जना बोकेर उडेको थियो ।

विमानस्थलका अधिकारीहरुकाअनुसार अमाल्टी विमानस्थलबाट उडेको केहीबेरमै विमान दुर्घटनामा परेको थियो ।

विमानमा चालकदलका पाँच सदस्य र ९५ यात्री सवार थिए । त्यसमध्ये ८ जना बालबालिका थिए ।

दुर्घटनामा करिब ६० जना घाइते भएका छन् । घाइते हुनेमा बालबालिकाहरु पनि छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनास्थल आसपास त्यस समयमा बाक्लो कुहिरो लागेको बताइएको छ ।

विमान दुईतले भवनमा ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

विमान भवनमा ठोक्किएपनि आगोलागी भएन । सोही कारण धेरै यात्रीलाई जीवितै उद्धार गरी तत्कालै अस्पताल लगिएको थियो ।

विमान काजखस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुर सुल्तानतर्फ जाँदै थियो ।

यसअघि, त्यहाँको आन्तरिक मन्त्रालयले मृतकको संख्या १५ रहेको जनाएको थियो । अहिले सच्याएर पाइलटसहित १२ जनाको मृत्यु भएको जनाएको छ । एजेन्सी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411