खुल्ला मञ्चमा नेकपा माओवादीको राजनीतिक सभा

शुक्रबार, पौष ११, २०७१ साल,

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको माओवादीले शुक्रबार खुल्लामञ्चमा राजनीतिक सभा गर्दैछ । चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङको १२२ औं जन्म जयन्तीका अवसरमा विप्लव माओवादी खुल्लामञ्चमा पुगेको हो । 
 
खुल्लामञ्चमा हुने राजनीतिक सभामा सहभागी हुन विप्लव माओवादीका कार्यकर्ताहरु राजधानीका विभिन्न ५ ठाउँबाट जुलुससहित खुल्लामञ्चमा पुग्दैछन् । शक्ति प्रदर्शनका रुपमा हेरिएको यो राजनीतिक सभामार्फत विप्लव माओवादीले आफ्नो कार्यदिशा सार्वजनिक गर्ने बताइएको छ । 

 
एकीकृत माओवादी र वैद्य माओवादीले माओको जन्मजयन्ती पार्टी कार्यालयमै मनाएका छन् । विप्लव माओवादीले भने सहरबाट गाउँ पस्ने रणनीतिका रुपमा यो सभा गर्न लागेको हो । भूमिगत हुने चर्चा चलिरहेका बेला विप्लव माओवादीका नेताहरुले जनतामाझ जाने घोषणाका लागि यो राजनीतिक सभा गरेको प्रतिक्रिया दिएका छन् । 
 
विप्लव माओवादीले शान्तिप्रक्रियालाई एकतर्फीरुपमा लिएर कांग्रेसले शान्ति प्रक्रियालाई भााँड्न खोजेको भन्दै प्रमुख शत्रुका रुपमा हेरेकोा छ । यही राजनीतिक सभाबाट अध्यक्ष विप्लवले पार्टीको तत्कालीन कार्यदिशा सार्वजनिक गर्ने बताइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411