लिम्पियाधुरा समेटेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन

शुक्रबार, मंसिर २७, २०७६ साल,
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा–लिपुलेक–कालाकानी सहितको नेपालको नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्था मन्त्री पद्या अर्यालसँग छलफल पछि समितिले नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको हो ।

समितिले अतिक्रमित भूमि फिर्ता गराउन कुटनीतिक पहल कदमी लिन पनि सरकारलाई निर्देशन दिएको छ ।

पाँच बुँदे निर्देशन दिएको समितिले अतिक्रमित भूमिबाट भारतीय सुरक्षा फौज तत्काल फिर्ता गराउनुपर्ने निष्कर्ष निकालेको छ । यस्तै दार्चुलाका जनताका लागि आवात–आवात, सुरक्षा लगायतका अत्यावश्यक व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411