भारतीय पासपोर्ट मै छाप्यो भाजपाले चुनाव चिन्ह !

शुक्रबार, मंसिर २७, २०७६ साल,
काठमाडौं । भारतको पासपोर्ट नक्कली प्रयोग हुन नदिन भन्दै भारतको सत्तारुढ पार्टी ९भाजपा०को चुनाव चिन्हसमेत रहेको  कमलको फूल समेत राखिने भएको छ ।  त्यसबारेमा आलोचना समेत भइरहेको बेलामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले कमल भारतको राष्ट्रिय फूल भएकोले विदेश मन्त्रालयले फर्जी पासपोर्टलाई निस्तेज गर्नका लागि पासपोर्टमा कमलको फूल राखेर छाप्न थालेको जनाएका छन् ।

रबीश कुमारको यो स्पष्टीकरण गएको बुधबार भारतको लोकसभामा केही सांसदले प्रश्न उठाएपछि आएको हो । रवीशका अनुसार भारतीय पासपोर्टमा कमलको फूल छाप्ने निर्णय माथिको निर्देशन अनुसार भएको हो । उनले भनेका छन्,‘‘अहिले हामी पासपोर्टमा कमलको फूल छापिरहेका छौं । हुन सक्छ भोलि अरु केही छापिन सक्छ । यसरी छापिने भारतको राष्ट्रिय प्रतीकमध्येकै कुनै एक हुनेछ । जस्तो कि राष्ट्रिय फूल वा राष्ट्रिय पशु ।’’

विपक्षी कंग्रेसका नेता एमके राघवनले बुधबार लोकसभाको शून्य समयमा भारतीय पासपोर्टमा कमल छाप्नुको कारणबारेमा प्रश्न गर्दै यो सत्तारुढ भाजपाको चुनाव चिन्ह पनि भएको भन्दै आपत्ति जनाएका थिए । बीबीसी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411