भोली सार्वजनिक विदा हो कि होइन ? यस्तो भन्छ गृह मन्त्रालय

बुद्धबार, मंसिर २५, २०७६ साल,
काठमाडौं । गृह मन्त्रालयले मङ्सिर २६ गते बिहिबार सार्वजनिक विदा नभएको  स्पष्ट पारेको छ । मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले बिहिबार  परेको पर्व मनाउने समुदायलाई मात्र विदा हुने र अन्यलाई विदा नभएको  बताएका हुन् । बिहिबार  किराँत जातिको उभौली पर्व, नेवार समुदायको योमरी पुर्णिमा र ज्यापू दिवस रहेको छ । यी पर्व मनाउनेको लागि विदा भएको र अन्यलाई बिदा नभएको उपसचिव अधिकारीले बताएका हुन् ।

नेपाल राजपत्रमा पनि मङ्सिर २६ गते बिहिबार को दिनलाई सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि मात्र सार्वजनिक विदा हुने अन्तर्गतमा उल्लेख गरिएको छ ।

उपसचिव अधिकारीले सबैलाई सार्वजनिक विदा दिने सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेका हुन्  ।

हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवा समुदाय योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन ।

पहाडी क्षेत्र र अन्य स्थलमा बसोवास गर्ने पहाडी समुदायले कुल पुजा र गोठ पुजा गरी धान्यपूर्णिमा मनाउछन । यसैगरि नेवार समुदायले चामलको पिठोबाट बनाएको परिकार विशेषलाई चाकुसंगै खाने पर्वका रुपमा योमरी पूर्णिमा मनाउँछन ।

योमरी पून्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्पर छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादको रुपमा खाने– खुवाउने चलन छ ।

नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यसलाई गणेश र कुमारको प्रतिकको रुपमा पनि पूजा गरिन्छ । यस दिनलाई ज्यापु रुपमा समेत मनाउने गरिन्छ । त्यसका लागि सरकारले सार्वजनिक विदासमेत दिइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411