लोकसेवाले एकैपटक १ हजार ९० जना शाखा अधिकृतमा विज्ञापन खोल्यो

बुद्धबार, मंसिर २५, २०७६ साल,
काठमाडौं । लोकसेवा आयोगले विभिन्न सेवाका लागि शाखा अधिकृत तहमा १ हजार ९० पदका लागि विज्ञापन खुलाएको छ । आयोगले ३१९ पदमा आन्तरिक बढुवा र खुलातर्फ ७७१ पदमा विज्ञापन खुलाएको हो ।

आयोगले न्याय क्षेत्रका लागि खुलामा १३६, महिलामा ३७, आदिवासी÷जनजातीमा ३०, मधेसी ३०, दलित ११, अपांग ६ र पिछडिएको क्षेत्रका लागि ५ जनाका लागि विज्ञापन खुलाएको हो ।

त्यस्तै, राजपत्रांकित तृतिय श्रेणी संयुक्त र एकीकृततर्फ खुलामा २८६, महिलामा ७७, आदिवासी÷जनजातिमा ६१, मधेसी ५१, दलित २०, अपांग ११ र पिछडिएको क्षेत्रमा १० जनाका लागि विज्ञापन खुलाएको हो ।

आयोगका अनुसार परीक्षा आगामी चैतमा हुनेछ । आवेदकले पुस १५ गतेसम्म र दोब्बर दस्तुर बुझाएर पुस २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411