साताको पहिलो दिन नेप्से ६.६ अंकले घट्यो, कारोबर पौने १६ करोड

आईतवार, आषाढ ६, २०७२ साल,
काठमाडौं । सेयर बजारमा असारको प्रभाव देखिन थालेको छ । बजारमा किन्नेभन्दा बेच्नेहरु धेरैपछि सुचक ६.६३ अंकले घटेर बन्द भएको छ । नेप्से ९१७.९७ अंकमा झरेको छ । कुल १५ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 
 
दिनभरीमा ११६ कम्पनीका तीन लाख ९१ हजार ५५२ कित्ता सेयर खरीद बिक्री भएका छन् । उत्पादनमूलक वाहेक सबै सुचक ओरालो लागेको छ । उत्पादनमूलक भने स्थिर देखिएको छ । 
 
सबैभन्दा वढी जलविद्युत् ४१.६४ अंकले घटेको छ । होटल ३१.६२, बिमा २५.९८ र बैंकिङ ५.६३ अंकले घटेको छ । एनसिसी बैंकको एक करोड ७७ लाख र चिलिमेको एक करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बाँकी कम्पनीको कारोबार करोडभन्दा कम छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411