भोलि राजधानीमा जोर नम्बर प्लेटका सवारी साधन मात्र चलाउन पाइने

सोमबार, मंसिर २३, २०७६ साल,
काठमाडौं । चक्रपथभित्र भोलि जोर नम्बर प्लेट भएका सवारी साधन मात्र चल्न पाउने भएका छन्।

दक्षिण एसियाली खेलकुद सागको समापनको दिन ट्राफिक व्यवस्थापन मिलाउन जोर नम्बर प्लेट भएका सवारी साधन मात्रै चल्न दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रवि कुमार पौडेलले जानकारी दिए।

‘यो प्रणालीले आधा सवारी साधन कम हुन्छ र ट्राफिक व्यवस्थापन सहज हुन्छ,’ पौडेलले भने।

त्यस्तै, ठूला मालवाहक सवारी साधन पनि रिङरोड प्रवेश नगराउन उनले आग्रह गरे। साग उद्घाटनको दिन अर्थात १५ गते महानगरीय ट्राफिकले बिजोर नम्बरका सवारीसाधन मात्रै चलाउन लगाएको थियो।

सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू हुने छैन।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411