सरकारले माग्यो ६०० जना कम्प्युटर अपरेटर, तलब दैनिक १२०० रुपैयाँ

सोमबार, मंसिर २३, २०७६ साल,
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले विभिन्न जिल्लामा गरी ६०० जना कम्प्युटर अपरेटर माग गरेको छ । विभागले ६ जिल्लाका लागि आवश्यक कम्प्युटर अपरेटका लागि विज्ञापन खुलाएको हो ।

विभागले झापाका लागि १६४, ललितपुरका लागि ११७, कञ्चनपुरका लागि ९१, संखुवासभाका लागि ४०, गुल्मीका लागि ४१ जना र चितवनका लागि ११७ जना कम्प्युटर अपरेटरका लागि विज्ञापन खुलाएको हो ।

विभागले आगामी पुस ७ गतेसम्म आवेदन दिन सकिने उल्लेख गरेको छ ।

जसमा १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको, प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्णय गरेको, कम्तीमा तीन महिना कम्प्युटर तालिम प्राप्त गरेको वा प्रविणता प्रमाणपत्र तह वा सोभन्दा माथिल्लो तहमा १०० पूर्णांकको कम्प्युटर विषय राखी उक्त तहमा उत्तीर्णय गरेको भएमा छुट्टै तालिमको प्रमाण पत्र आवश्यक नपर्ने उल्लेख गरेको छ ।

त्यस्तै, सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै काराबाहीमा नपरेको उल्लेख छ । विभागले कर्मचारीको दैनिक पारिश्रमिक १२ रुपैयाँ हुने र सार्वजनिक बिदाको दिनमा समेत काम गर्नुपर्ने उल्लेख गरिएको छ । आवेदकले १० रुपैयाँको टिकट टाँसी आवेदन दिन सक्नेछन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411