काठमाडौंका यी क्षेत्रमा आज दिनभर विद्युत नआउने

शुक्रबार, मंसिर २०, २०७६ साल,
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको ११ केभी ओम फिडरबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत कटौती हुने भएको छ ।

चक्रपथ विस्तारका लागि नेपाल वन निगमले शुक्रबार रूख कटानको तयारी गरेपछि यहाँबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ ।

यो वितरण केन्द्रबाट चक्रपथ, भाटभटेनी वरिपरि, चण्डोल, विशालनगर, धुम्बाराहीलगायत स्थानमा विद्युत् वितरण गरिएको छ । महाराजगञ्ज वितरण केन्द्रका अनुसार, यी क्षेत्रमा शुक्रबार बिहान १० बजदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

चक्रपथक्षेत्रको सडक विस्तार कार्य अघि बढेको छ । यसका लागि सडक किनारामा रहेका रूखहरू काट्ने, विद्युत्का पोल हटाउनेलगायतका काम सम्बन्धित निकायसँग समन्वय गरेर भइरहेको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411