डाक्टरलाई बलात्कारपछि जलाउने ४ जना ‘इन्काउन्टर’मा मारिए

शुक्रबार, मंसिर २०, २०७६ साल,
एजेन्सी । भारतको हैदराबादमा भएको सामूहिक बलत्कारका ४ आरोपीहरूलाई भारतीय प्रहरीले गोली हानी मारेको छ । बिहीबार अबेर नेसनल हाइवे ४४ मा प्रहरी कारबाहीमा उनीहरू मारिएका हुन् ।

प्रहरीले आरोपीहरूलाई एनएच–४४ मा अपराधको दृष्य ‘रि–क्रियट’ गर्न लगेको थियो । चारैजना आरोपीहरूले भाग्ने प्रयास गर्दा गोली हानिएको प्रहरीको दाबी छ । तर, सञ्चारमाध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गोली हानिएको जनाएका छन् ।

गत २७ नोभेम्बरको रातमा हैदराबादमा एक महिला डाक्टरलाई चार जनाले सामूहिक बलत्कारपछि जलाएर मारेका थिए । उनको जलेको शव बैंगलोर हैदरावाद राष्ट्रिय राजमार्गको अन्डरपासनजिक भेटिएको थियो । ती महिलाको स्कुटर पञ्चर गराएर बलात्कारीहरूले उनलाई पञ्जामा पारका थिए  ।

सो घटनामा प्रहरीले चार आरोपीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई अदालतमा पेस गर्दा अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको थियो । त्यसपछि हैदरावाद प्रहरीले हिरासतको माग गर्दा आरोपीहरूलाई सात दिन प्रहरी हिरासतमा पठाइएको थियो । हिरासतबाटै उनीहरूलाई प्रहरीले घटनास्थलमा लगेर हत्या गरेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411