मल्लले १०७ रन बनाएपछि नेपालको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर

बिहीवार, मंसिर १९, २०७६ साल,
काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लले १०७ रन बनाएपछि नेपालले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाएको छ।

नेपालमा आयोजित १३‌ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत भुटानसँगको खेलमा नेपाली टोलीले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनाएको हो।

यसअघि नेपालको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर मलेशियाविरुद्ध गएको जुलाईमा बनाएको १७३ रन थियो।

बिहीवार मल्लले ५५ बलमा १०७ रन बनाए जुन नेपाली खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर हो।

यसअघि पारस खड्काले सिङ्गापुरविरुद्ध बनाएको नटआउट नेपाली खेलाडीको एक मात्र शतक र उच्च स्कोर रहेको थियो।

खड्काले राजीनामा दिएपछि कप्तान बनाइएका मल्लले राम्रो ब्याटिङ गर्न सकेका थिएनन्।

तर कीर्तिपुर मैदानमा कमजोर भुटानसँग मल्लले सानदार ब्याटिङ गरे।

मल्लसँगै आएका प्रारम्भिक ब्याट्स्म्यान खड्काले २८ बलमा नौ चौका र एक छक्काको सहयोगमा ५७ बनाए। यो खड्काको टी२० अन्तर्राष्ट्रिय क्रिकेट चौथो अर्धशतक हो।

खड्का आउट भएपछि मल्लले आक्रमण ब्याटिङ गरे र २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेर अर्धशतक पूरा गरे। उनले १७.४ ओभरमा ५३ बलमा शतक बनाए। नेपालका लागि दीपेन्द्रसिंह ऐेरीले नटआउट ४५ रन बनाए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411