समृद्धि फाइनान्सले समस्याग्रस्त क्रिस्टल फाइनान्सलाई गाभ्ने

बुद्धबार, मंसिर १८, २०७६ साल,
काठमाडौं । समृद्धि फाइनान्सले समस्याग्रस्त क्रिष्टल फाइनान्सलाई आफुमा गाभ्ने भएको छ। राष्ट्र बैंकबाट समस्याग्रस्त बाट फुकुवा भएर नयाँ नामबाट कारोबार गर्दै आएको साविक वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले अर्को समस्याग्रस्त सँस्थालाई आफुमा गाभ्ने सम्झौता गरेको हो।

राष्ट्र बैंकले क्रिस्टल फाइनान्सलाई २०६९ असोज ७ गते समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो। दुई फाइनान्स कम्पनीले मंसिर १२ गते गाभ्ने तथा गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

हाल समृद्धि फाइनान्सको चुक्ता पूँजी २६ करोड ५६ लाख रुपैंया छ भने क्रिष्टल फाइनान्सको चुक्ता पूँजी ९ करोड ४४ लाख रुपैयाँ छ।

राष्ट्र बैंकले फाइनान्स कम्पनीहरुलाई न्युनतम ८० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ। फाइनान्सले तोकिएको पूँजी पुर्याउन अर्को फाइनान्सलाई गाभ्न लागेको हो।

क्रिस्टल फाइनान्सलाई गाभेपछि पनि राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी पुर्याउन फाइनान्सलाई अझै ५३ करोड ४४ लाख रुपैयाँ आवश्यक हुनेछ।

वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।

संस्थाले थप व्यवसाय विस्तारको लागि अन्य फाइनान्स कम्पनीलाई समेत आफुमा गाभेर अघि बढ्न लागेको हो। दोस्रो बजारमा पछिल्लो पटक फाइनान्सको शेयर गत बिहीबार ९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411