आज बेलुकीबाट जनता बैंक र ग्लोबल आइएमई बैंकको बैंकिङ सेवा बन्द हुने

बुद्धबार, मंसिर १८, २०७६ साल,
काठमाडौं ।  जनता बैंक र ग्लोबल आइएमई बैंकको मंसिर १९ गते सम्पूर्ण कारोबार बन्द हुने भएको छ । मर्जको अन्तिम तयारीमा रहेका  ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द गर्ने भएका हुन । दुबै बैंक एक आपसमा  गाभिएर मंसिर २० गतेदेखि एकिकृत कारोबार हुदैछ ।

 मंसिर १८ गते साँझ ६ बजेदेखि मंसिर १९ गते राति १२ बजेसम्म बैंकका एटिएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ सेवा तथा इन्टरनेट बैकिङ सेवा समेत बन्द रहने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई र जनाता मर्जपछि नेपालको ठूलो बाणिज्य बैंक चुक्ता पूँजी १९ अर्ब रुपैयाँ पुग्नेछ । निक्षेपको अकार २ खर्ब १० अर्ब र कर्जा लगानी २ खर्ब रुपैयाँ पग्ने छ । शाखा सञ्जाल  ३०० पुग्नेछन् । बैंकका एटिएम २ सय ५६ र २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ। यसैगरि बैंकका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी हुनेछन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411