आयातित चिनीको मूल्य भन्दा नेपालमा उत्पादित चिनी महँगो

सोमबार, मंसिर १६, २०७६ साल,
काठमाडौं । उद्योग मन्त्री लेखराज भट्टले भारतबाट आयातित चिनीको मूल्य भन्दा नेपालमा उत्पादित चिनी महँगो हुनुको जवाफ उद्योगीहरुले दिनुपर्ने बताएका छन्।

उनले उद्योगीहरुले चिनी उत्पादन महँगो बनाउने र किसानलाई ऊखुको मूल्य नदिने प्रवृतिको अन्त्य गर्न आफुले काम गर्ने बताए।

आइतबार नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग कुरा गर्दै मन्त्री भट्टले नेपालका किसानले पाउने उखुको मूल्य भन्दा बढी भारतका किसानले पाउने भएपनि भारतमा उत्पादित चिनी सस्तो भएको बताएका हुन्।

‘त्यही चिनी ३० प्रतिशत भन्सार बुझाएर लयाउँदा समेत नेपालको भन्दा सस्तो पर्ने र नेपालमै उत्पादित चिनी सो भन्दा महँगो हुनुको कारणको जवाफ उद्योगीहरुले दिनुपर्छ’उनले भने।

मन्त्री भट्टकाअनुसार उद्योगीहरु इमान्दार नबन्दा विद्युत महसुल उठन नसकेको, उत्पादन बढ्न नसकेको तथा उखु किसानहरुले समयमा भुक्तानी नपाएको जस्ता समस्या आएको हो।

उद्योगीहरुले आफ्ना समस्या पहिचान नगरी सरकारलाई काम गरेन भन्नु गलत भएको उनले बताए।

सरकारलाई आरोप लगाउनुभन्दा समस्या र त्यसको समाधान के हो दुवै लिएर मन्त्रालयमा आउन समेत उद्योगीहरुलाई मन्त्री भट्टले आग्रह गरे। उनले उद्योगीहरुलाई उत्पादन सस्तो बनाउन तथा निर्यातजन्य वस्तुको उत्पादन बढाउन पनि आग्रह गरे।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411