एनआईसी एसिया बैंकले ठुलो संख्यामा खुलायो जागिर

सोमबार, मंसिर १६, २०७६ साल,
काठमाडौं । एनआईसी एसिया बैंकले विभिन्न पदमा जागिर खुलाएको छ । बैंकले विभिन्न ४ वटा पदमा केही संख्यामा जागिर खुलाएको हो ।

बैंकले उपत्यका र उपत्यका बाहिरका शाखाका लागि ब्राञ्च म्यानेजर माग गरेको छ । जसमा सुपरभाइजर, जुनियर अफिसर, अफिसर र सिनियर अफिसर भनि विज्ञापन खुलाएको हो ।

त्यस्तै, अपरेसन÷सर्भिस÷अनुभवी म्यानेजरका लागि समेत उपत्यका र उपत्यका बाहिरका शाखाका लागि विज्ञापन खुलाएको हो । बैंक रिलेसनसिप म्यानेजर तथा ट्रेनी असिस्टेन्टका लागि समेत विज्ञापन खुलाएको छ ।

बैंकले सिनियर अफिसरका लागि व्यवस्थापन संकायमा स्नातक उत्र्तीण गरेको, कम्तीमा ५ वर्ष काम गरेको अनुभव भएको र २१ वर्ष पुगी ४० वर्ष ननाघेको आवेदकले आवेदन दिन सक्ने बताएको छ ।

त्यस्तै, सुपरभाइजर तथा सिनियर असिस्टेन्ट पदका लागि व्यवस्थापन संकायमा स्नातक उत्र्तीण, कम्तीमा तीन वर्ष काम गरेको अनुभव र १८ वर्ष पुगी ३५ वर्ष ननाघेकाले आवेदन दिन सकिने उल्लेख गरेको छ ।

बैंकले ट्रेनी असिस्टेन्टका लागि भने स्नातक तह उत्र्तीण गरेको, कम्तीमा ५० प्रतिशत वा जीपीए २.५ ल्याएको, १८ वर्ष पुगी ३० वर्ष ननाघेको माग गरेको छ । बैंकले आवेदन दिन अन्तिम दिन डिसेम्बर १६ तारिख तोकेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411