यि ठाउँहरुमा वर्ल्डलिंकले दियो फ्री वाइफाइ

आईतवार, मंसिर १५, २०७६ साल,
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसनले दक्षिण एशियाली खेलकुद ९साग० हुने सबै खेलस्थानमा खेल अवधिभर उच्च गतिको इन्टरनेट निःशुल्क उपलब्ध गराउने भएको छ । प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरबाट लगइन गरेर दैनिक १ जीबी डाटा दैनिक रुपमा निःशुल्क प्रयोग गर्न पाउने भएका हुन् ।

वर्ल्डलिंकले यसका लागि फेसबुकको प्लेटफर्म एक्सप्रेस वाइफाइसँग सहकार्य गरेको छ । काठमाडौं र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुन गइरहेको यस तेह्रौं एशियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन् ।  

यसमा नेपाल, माल्दिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ७ देशका खेलाडीले भाग लिनेछन् । मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्डहल, सातदोबाटो स्पोर्टस कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला, पोखरा कभर्डहलमा वर्ल्डलिंकको निःशुल्क वाइफाइ उपलब्ध हुनेछ ।

वर्ल्डलिंक नेपालको इन्टरनेट सेवा प्रदायक सबैभन्दा ठूलो कम्पनी हो । वर्ल्डलिंकले नेपालका दुर्गममा समेत निःशुल्क इन्टरनेट उपलब्ध गराइरहेको छ ।

हरेक १ लाख प्रयोगकर्ताले ६ हजार वाइफाइ स्थानबाट निःशुल्क इन्टरनेट चलाउँछन् । फेसबुकसँग जोडिएर उसको एक्सप्रेस वाइफाइ प्लेटफर्ममार्फत वर्ल्डलिंकले दुर्गममा निःशुल्क वाइफाइ वितरण गरिरहेको छ । एकस्प्रेस वाइफाइ फेसबुकको विश्वभरका मानिसलाई इन्टरनेटमा जोड्ने कार्यक्रम हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411